पर्यटनमन्त्रीले गराए जलवायु असरबारे विश्वको ध्यानाकर्षण
Read the full story at Onlinekhabar (Nepali)

मन्त्री पौडेलले जलवायुजन्य विपद्का कारण पर्यटन पूर्वाधार र पर्यटकीय सम्पत्तिमा पुग्ने क्षति तथा यसले पर्यटन क्षेत्रको दिगोपनमा पार्ने प्रभावबारे धारणा राखेका थिए । १९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् ।
‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विश्वका विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो । बेन थम्प्सनले सञ्चालन गरेको छलफलमा मन्त्री पौडेलले जलवायुजन्य विपद्का कारण पर्यटन पूर्वाधार र पर्यटकीय सम्पत्तिमा पुग्ने क्षति तथा यसले पर्यटन क्षेत्रको दिगोपनमा पार्ने प्रभावबारे धारणा राखेका थिए । उनले भोटेकोशीमा आएको आकस्मिक बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउन सक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरे ।
जलवायु परिवर्तनका असरले पर्यटकीय गन्तव्य, पूर्वाधार र स्थानीय समुदायको जीविकोपार्जनमा समेत चुनौती थपिरहेको उनको भनाइ थियो ।
More environment
- हिमालयन डिस्टिलरीद्वारा स्वदेशमै उत्पादित सिंगल माल्ट ह्विस्की ‘श्लोक’ सार्वजनिकNepal Khabar
- डा. केसीको जीवन रक्षाका लागि पहल गर्न चिकित्सक संघको आह्वानNepal Khabar
- How climate change is reshaping the way children grow upKathmandu Post
- Residents suspect industrial pollution as Cauvery water turns green in parts of Erode districtThe Hindu
- डा केसीको जीवन रक्षा गर्न मागNagarik News
- डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग नेपाल चिकित्सक संघको मागDC Nepal