बुद्धिमान कागका अनेक खुबी : मान्छेको अनुहार चिन्छ, उपहार ल्याइदिन्छ
Read the full story at Onlinekhabar (Nepali)

कागहरू बुद्धिमानी मात्र नभएर पौराणिक कथाहरूका कारण पनि मान्छेहरूबीच प्रख्यात चरामा पर्छन्। संसारका धेरै सभ्यतामा, हाम्रो सभ्यतासहित, कागहरू जीवन र मृत्यु जोड्ने जीव भनेर लिइन्छ। बिहानै मेरो फोनमा मेसेज आयो। केही हप्ताअगाडि मसँग चराहरूको फिडरबारे केही प्रश्न सोधेको एक जना साथीको मेसेज थियो। मैले उनलाई चराका विभिन्न प्रकारका फिडर र आहाराबारे बताएको थिएँ।
उनले त्यहीअनुसार फिडर राखेछन् र चराहरू आउन पनि थालेछन्। तिनै चरा हेर्दै गर्दा उनले एउटा अनौठो कुरा याद गरेछन्। उनको कौसीमा हरेक दिनजस्तो नयाँनयाँ वस्तु राखिने गरेको रहेछ। कहिले रबर ब्यान्ड त कहिले चम्किला प्लास्टिक। पहिलो केही दिन त उनलाई कोही बच्चाहरूले ल्याएर छोडेको हो कि झैँ लागेछ।
तर, हरेक दिन नयाँ वस्तु थपिँदै गएको पनि उनले ध्यान दिन थालेछन् र अन्त्यमा गिफ्ट ल्याइदिनेसँग जम्का भेट भएछ। त्यो गिफ्ट ल्याइदिने त मान्छे नभएर काग रहेछ। कागहरू असिन प्यसेराइनभित्र कोर्भिडेइ परिवारमा पर्छन् र असिन प्यसेराइनको विकास र उत्पत्ति करिब ५.३ कसडक वर्षअगाडि अन्टार्कटिका र अस्ट्रेलियाको टापुको छुट्ने क्रम सुरु हुनुअगाडि भएको देखिन्छ। कागका प्रजाति आफैँमा भने त्यो भन्दा धेरै पछि विकास भएको अध्ययनले देखाउँछ।
More politics
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालयOnlinekhabar (Nepali)
- सरकार र डा केसीबीच छ बुँदे सहमति, २५औं अनशन अन्त्यDC Nepal
- बैंकको बचत अपचलन आरोपमा पाराग्वेका राष्ट्रपति पदमुक्त, घरमै नजरबन्दमाOnlinekhabar (Nepali)