प्रेमप्रसाद आचार्यको अधुरो प्रश्न: देशमै उद्यम गर्नेहरू किन टिक्न सक्दैनन् ?
Read the full story at Bizmandu
विदेशमा कमाएको पैसा, समय र अनुभव आफ्नै देशमा लगानी गरेर केही नयाँ गर्ने सपना सबैले देख्न सक्दैनन्। त्यसका लागि जोखिम उठाउने साहस, श्रमप्रतिको विश्वास र आफ्नो समाजप्रतिको जिम्मेवारीबोध चाहिन्छ। प्रेमप्रसाद आचार्यले यही विश्वासका साथ विदेशको आकर्षक कमाइ र सुखसयल छाडेर स्वदेश फर्कने निर्णय गरेका थिए। उनको उद्देश्य व्यक्तिगत आम्दानीमा सीमित थिएन।
नेपाली रैथाने तथा मौलिक खाद्यवस्तुलाई बजारमा स्थापित गर्ने, स्थानीय उत्पादनको मूल्य बढाउने र स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने उनको सपना थियो। इलाम एग्रो मार्टमार्फत उनले यही सम्भावना खोजे। तर, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने सपना र त्यसलाई व्यावसायिक रूपमा टिकाइराख्ने वास्तविकताबीच ठूलो अन्तर रहेछ। लगानी, बजार विस्तार, कारोबारको निरन्तरता, भुक्तानी र प्रशासनिक प्रक्रियासँग जोडिएका कठिनाइले उनको व्यावसायिक यात्रालाई क्रमशः जटिल बनाउँदै लगे।
उनले सार्वजनिक रूपमा उठाएका प्रश्नले एउटा व्यक्तिको व्यावसायिक संघर्ष मात्र होइन, नेपालमा साना उद्यमीले सामना गरिरहेको प्रणालीगत समस्याको चित्रसमेत प्रस्तुत गरे। प्रेमप्रसादको कथा बुझ्न उनको व्यक्तिगत निर्णय वा व्यावसायिक नतिजालाई मात्र हेरेर पुग्दैन।
More business
- राशिफल २० कात्तिक : घुमफिरका लागि कर्कटलाई दिन अनुकूल, समयको महत्त्व नबुझ्दा तुलालाई हैरानी, तपाईँको के?Nepal Khabar
- बेनी बजार संरक्षणका लागि तटबन्ध पुनर्निर्माणको तयारीOnlinekhabar (Nepali)
- Over 500 Bank Accounts Frozen, 2,000 Arrested In Drug Crackdown In J&KNDTV
- Carney Asserts Canada’s Sovereignty and Vows to End Homelessness in BudgetThe New York Times
- Washington court upholds deal after couple split again, leaving wife without bank and stock assetsTimes of India
- Festive season crackdown: Maharashtra FDA seizes food stock worth ₹63.45 croreThe Hindu