Skip to main content
समाजRatopati2 outlets covering

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

Read the full story at Ratopati

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

ललितपुरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको सन्देश दिने बताएका छन्।

उनले आज शुभकामना सन्देश जारी गर्दै सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यो पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उल्लेख गरे।

थापाले छठले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गरी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गरे।

In English

'Chhath festival sends a message of social harmony and unity'

Gagan Kumar Thapa, president of the Nepali Congress, stated in Lalitpur that the Chhath festival sends a message of respect for nature, gratitude for life, and social harmony. He mentioned in a congratulatory message released today that this festival, associated with sun worship and devotion to nature, provides inspiration to move forward from darkness towards light. Thapa expressed his belief that Chhath promotes mutual harmony, social unity, and positive energy, and wished everyone happiness, peace, prosperity, and health in their lives.

Machine translation — the original above is the story as filed.