Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

असिना पानीले धानबालीमा क्षति

Read the full story at Onlinekhabar (Nepali)

असिना पानीले धानबालीमा क्षति

२६ कात्तिक, भोजपुर। जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका हुन् ।

जिल्लाका विभिन्न स्थानमा परेको असिना पानीले धानबालीमा क्षति पुगेको छ । भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाले असिना पानीले धानमा क्षति पुगेको बताए । ’हिजो एक्कासि असिना पानी पर्‍यो,’ उनले भने, ‘पुनः दोहोरिने चिन्ता हामीमा बढेको छ ।

यही असिना पानी आएमा धानबालीमा ठूलो क्षति पुग्ने अवस्था छ । ’ धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा मौसममा आएको परिवर्तनले किसानलाई थप चिन्तित बनाएको छ । असिना पानी दोहोरिएमा पाकेको धान झर्ने, ढल्ने तथा काटेर सुकाइएको धानमासमेत क्षति पुग्ने जोखिम रहेको किसानको भनाइ छ ।