१५ वर्ष विदेश बसेर फर्किएका गुरुङ बङ्गुरपालनमा रमाउँदै
Read the full story at Onlinekhabar (Nepali)

२९ कात्तिक, नवलपुर (नवलपरासी) । वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बिताएर फर्किएका नवलपुरको मध्यविन्दु–३ ब्रम्हस्थानका नन्दे गुरुङ अहिले बङ्गुरपालनमा जुटेका छन् । अरूको देशमा श्रम पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले उनी आठ वर्षअघि नेपाल फर्किएका थिए । ‘आठ वर्षअघि फेरि नजाने गरी साउदीबाट घर फर्किएँ,’ ५९ वर्षीय गुरुङले भने, ‘घर फर्किएपछि विभिन्न काम गर्दै अहिले बङ्गुरपालनमा जुटेको छु ।
’ अन्य पेसा तथा व्यवसायभन्दा बङ्गुरपालन सहज र आम्दानी पनि राम्रो हुने देखेपछि यसलाई निरन्तरता दिएको उनले बताए । नेपाल फर्किएपछि उत्तम पशुपन्छी तथा कृषि फार्म दर्ता गरेर सुरुमा कुखुरापालन थालेका गुरुङले मिहिनेतअनुसार आम्दानी नभएपछि बङ्गुरपालन सुरु गरेका हुन् । ‘नेपाल फर्किएपछि सुरुमा कुखुरा पालेको थिएँ । धेरै मिहिनेत गर्दा पनि सोचेअनुसार आम्दानी भएन,’ उनले भने, ‘त्यसपछि बङ्गुरपालन सुरु गरेँ ।
’ बङ्गुरपालनबाट सन्तुष्ट रहेका गुरुङले यससँगै करिब छ बिघा जमिनमा आलु तथा अन्य तरकारीखेती पनि गर्दै आएका छन् । सुरुमा एउटा माउ बङ्गुर पालेर अनुभव लिएका उनले थोरै मिहिनेतमा राम्रो आम्दानी हुन थालेपछि बङ्गुरको सङ्ख्या बढाएका हुन् । ‘अहिले मसँग दुईवटा वयस्क भाले, १२ वटा माउ र १५ वटा पाठापाठी छन्,’ उनले भने । बङ्गुरका भाले र पाठापाठी बिक्रीबाट राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ ।
More world
- Lamichhane asks China-bound MPs to keep third countries out of talksKathmandu Post
- India’s Nitin Gadkari to attend Nepal Infrastructure Summit as keynote speakerKathmandu Post
- UK’s Prince William to be joined by wife Kate for visit to IndiaKathmandu Post
- आज सबै विदेशी मुद्राको मूल्य स्थिरNepal Khabar
- Macron urges unity as Francophonie summit opens in CambodiaDW
- Elderly woman found dead after blaze in cluttered Wong Tai Sin flatSouth China Morning Post