Skip to main content
खेलकुदSetopati

विश्वस्तरीय मिलरको सरल स्वभावदेखि खेल कौशलसम्म, नन्दनले गरे खुलेर प्रशंसा

Read the full story at Setopati

विश्वस्तरीय मिलरको सरल स्वभावदेखि खेल कौशलसम्म, नन्दनले गरे खुलेर प्रशंसा

कर्णाली याक्सका तीव्र गतिका बलर नन्दन यादवले दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलरको प्रशंसा गर्दै नेपाली खेलाडीले उनीबाट धेरै कुरा सिक्नुपर्ने बताएका छन्। नेपाल प्रिमियर लिग (एनपlएल) अन्तर्गत शुक्रबार सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएपछि कुरा गर्दै नन्दनले मिलरलाई विश्वस्तरीय खेलाडीका साथै दबाबमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ‘बिग म्याच प्लेयर’ का रूपमा व्याख्या गरे। कर्णालीविरुद्धको खेलमा मिलरले ५५ बलमा अविजित ९३ रन बनाएका थिए। उनले ५ चौका र ७ छक्का प्रहार गरे पनि कर्णालीलाई जित दिलाउन सकेनन्। अन्तिम ओभरमा इशान पाण्डेको बलमा चार छक्का प्रहार गरेका मिलरले आफ्नो क्षमता फेरि प्रमाणित गरे।

नन्दनले मिलरको खेल कौशलसँगै उनको व्यक्तित्वको पनि प्रशंसा गरे। विश्व क्रिकेटमा ठूलो नाम बनाइसकेका मिलर निकै सरल र घुलमिल हुन सक्ने स्वभावका खेलाडी रहेको उनको भनाइ थियो। ‘उहाँ निकै डाउन टु अर्थ हुनुहुन्छ। उहाँजस्तो ठूलो खेलाडी भएर पनि एकदमै सरल हुनुहुन्छ। उहाँ बिग म्याच प्लेयर हो।

उहाँले दबाबको अवस्थामा कसरी खेल्ने भन्ने कुरा राम्रोसँग बुझ्नुभएको छ,’ नन्दनले भनेको आशय थियो। उनले नेपाली खेलाडीले पनि भविष्यमा मिलरजस्तै क्षमता र अनुभव हासिल गर्नुपर्ने बताए। विश्वकपजस्ता ठूला प्रतियोगितामा खेल्दा मात्रै खेलाडीले उच्चस्तरको अनुभव र दबाब व्यवस्थापन गर्ने क्षमता विकास गर्न सक्ने उनको धारणा थियो।