आन्तरिक छलफलमा कांग्रेसका पदाधिकारी
Read the full story at Thaha Khabar

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो। सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको लगायत पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन बैठक बस्न लागेको एक नेताले जानकारी दिए।
हालै सार्वजनिक इनम सापकोटाको अडियोमा सभापति गगन थापाले पार्टीलाई वैधानिकता दिलाउन १८ करोड खर्चेको प्रसंग अहिले चर्चामा छ। यो प्रकरणलाई कांग्रेसले सरकारको षडयन्त्र भनेको छ। सरकारले निराधार कपोकल्पित र नियोजित आरोप लगाएर पार्टीको वैधानिकतामाथि प्रश्न उठाउन खोजेको कांग्रेसको बुझाइ छ।
सरकार प्रतिपक्षको आवाज थुन्न लागि परेको भन्दै न्यायपालिकाको स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप विरुद्ध राजनीतिक एवं कानुनी प्रतिवाद गर्ने कांग्रेसले बताउँदै आएको छ। कांग्रेसले पत्रकारहरूमाथिको धरपकड लगायत सरकारको पछिल्लो विवादित सबै गतिविधिविरुद्ध संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर चाँडोभन्दा चाँडो प्रतिनिधिसभाको बैठक बोलाउन माग समेत गरेको छ। कांग्रेसका पदाधिकारीहरुकाअनुसार पार्टी संगठनको समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
More politics
- The Sapkota scandal is not really about SapkotaKathmandu Post
- New bridge connects communities separated by Lalbakaiya riverKathmandu Post
- Mothers remain at risk even in tertiary hospitalsKathmandu Post
- Is this government governing, or just putting on a show?Kathmandu Post
- Republicans call for Trump to change course after midterm drubbingKathmandu Post
- Abhishek Bastola to play Australia Open Asia-Pacific Wildcard PlayoffKathmandu Post