विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत
Read the full story at Nagarik News

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया विधि, विधान, पद्धति र संविधानअनुसार इमानदारीपूर्वक सम्पन्न भएको दाबी गरेका छन्। नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले महाधिवेशन प्रतिनिधिहरूको सहभागिता र योगदानबाट पार्टीको महाधिवेशन प्रक्रिया सम्पन्न भएको उल्लेख गरे। पार्टीको आधिकारिकतासम्बन्धी विवादलाई जोडेर विभिन्न आरोप लगाइए पनि प्रमाणबिना कुनै व्यक्तिको भनाइ वा सामाजिक सञ्जालमा फैलिएको हल्लाकै आधारमा निष्कर्षमा पुग्न नहुने उनको भनाइ थियो।
पार्टी सभापति गगन थापामाथि कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा बिचौलियासँग १८ करोड रुपैयाँको चलखेल गरेको आरोप लागेको विषयप्रति संकेत गर्दै शर्माले कानुनी प्रमाणबिना आरोपलाई सत्य मान्न नहुने बताए। ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन? कानुनले मान्छ कि मान्दैन?
सामाजिक सञ्जालका मान्छे त्यसैको होहल्लामा कुद्नुहुन्छ कि हुँदैन?’ उनले प्रश्न गरे। शर्माले पार्टीभित्र विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै काम विधि र विधानअनुसार सम्पन्न भएको दाबी गर्दै भ्रम र हल्लाका आधारमा पार्टीको प्रक्रियामाथि प्रश्न नउठाउन आग्रह गरे।
More world
- इरानको केसम टापुमा मिसाइल प्रहार, अमेरिकी ड्रोन खसालिएको इरानी सेनाको दाबीNepal Khabar
- Kraków shooting latest updates: six killed and more than a dozen injured – as it happenedThe Guardian
- 'Dana, please take the job!' - Trump asks UFC boss to be White House press secretaryBBC
- What we know so far after Krakow gun attackBBC
- Justice And Equality Fund: Emma Watson-backed drive aids 46,100; report urges sustained supportTimes of India
- Real Madrid beat Valencia 3-0 to draw level with La Liga leaders BarcelonaAl Jazeera