न्यूयोर्कमा निर्माणस्थलको खाल्डोमा खस्यो तीनतले भवन, दुईको मृत्यु, १७ जना घाइते
Read the full story at Bizmandu
अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनमा निर्माणाधीन भवनको छेउमा रहेको तीनतले आवासीय भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ। घटनामा सात बालबालिकासहित कम्तीमा १७ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। स्थानीय समयअनुसार बुधबार अपराह्न करिब ४ बजे ब्रुकलिनको फ्ल्याटबुस क्षेत्रमा रहेको भवन भत्किएर छेउमा निर्माणका लागि खनिएको खाल्डोमा खसेको हो। सन् १९३० मा बनेको उक्त भवनको भुइँतलामा पसल र माथिल्ला तलामा आवासीय कोठा थिए।
न्यूयोर्कका अग्नि नियन्त्रण विभागका अनुसार भवन भत्किएपछि भग्नावशेषमा मानिसहरू पुरिएका थिए। उद्धारका लागि २५० भन्दा बढी अग्नि नियन्त्रक तथा सुरक्षाकर्मी परिचालन गरिएको थियो। उनीहरूले ड्रोन, तालिमप्राप्त कुकुर र अन्य उपकरणको सहयोगमा उद्धार तथा खोजी गरेका थिए। उद्धारकर्मीले भग्नावशेषबाट गर्भवती महिलासहित केही व्यक्तिलाई जीवितै बाहिर निकालेका थिए। घटनाको करिब साढे दुई घण्टापछि एक महिलालाई स्ट्रेचरमा राखेर उद्धार गरिएको थियो।
एक स्थानीय बासिन्दाले आफ्नी गर्भवती पत्नी र दुई छोराछोरी पनि भग्नावशेषमा पुरिएको तर पछि जीवितै उद्धार भएको बताएका छन्। न्यूयोर्कका अग्नि नियन्त्रण विभागकी आयुक्त लिलियन बोन्सिन्योरले भग्नावशेषभित्र अझै मानिसहरू हुन सक्ने भन्दै खोजी तथा उद्धार अभियान लामो समयसम्म चल्ने बताएकी छन्। उद्धारका क्रममा एक अग्नि नियन्त्रक पनि सामान्य घाइते भएका छन्।
More environment
- राशिफल २६ कात्तिक : धनुलाई जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता, तपाईँको के?Nepal Khabar
- UN chief urges climate justice and greater support for vulnerable countriesKathmandu Post
- Nepal seeks mountain-specific early warning systems after devastating floodKathmandu Post
- Dry landslide obstructs Kaligandaki corridorOnlinekhabar English
- Climate change is shared challenge: Foreign Minister KhanalThe Rising Nepal
- Climate action must work for ‘people on all incomes,’ Burnham tells COP31Politico Europe