संयुक्त राष्ट्रसंघका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता
Read the full story at Onlinekhabar (Nepali)

२६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । टर्कीए अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकामा महासचिव गुटेरेसप्रति आभार व्यक्त गरे । उनले संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिवले पुर्याएको योगदानको प्रशंसा गरे । महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पु¥याउँदै आएको महत्त्वपूर्ण योगदानको सराहना व्यक्त गरे ।
भेटमा दुवै पक्षबीच नेपालको पुनस्र्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा समेत विचार आदानप्रदान भएको थियो ।
More politics
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar
- खोलामा खाल्डो खनेर लुकाएको २३१ किलो गाँजा बरामदNepal Khabar
- कानुनको नाममा व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन: प्रदीप पौडेलNepal Khabar
- मृत्युलाई जितेका ६ जना, कसैले आमाबुबा त कसैले परिवारै गुमाएNepal Khabar
- अर्को ‘अफेयर’को खुलासापछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामाNepal Khabar