Skip to main content
समाजNagarik News

कुकुर तिहार : किसानको खेतदेखि प्रहरीको अनुसन्धानसम्म, मानिसको सबैभन्दा भरोसायोग्य सारथी

Read the full story at Nagarik News

कुकुर तिहार : किसानको खेतदेखि प्रहरीको अनुसन्धानसम्म, मानिसको सबैभन्दा भरोसायोग्य सारथी

आज देशभर कुकुर तिहार मनाइँदैछ। घरआँगनका पाल्तु कुकुरदेखि सडकमा रहेका कुकुरसम्मलाई माला लगाएर, टीका लगाई र मीठा परिकार खुवाएर सम्मान गर्ने दिनका रूपमा यो पर्व स्थापित छ। तर वर्षमा एक दिन पूजा गरिने कुकुरको मानिससँगको सम्बन्ध धार्मिक परम्परामा मात्र सीमित छैन। खेतबारीको रेखदेखदेखि घरको सुरक्षासम्म, अपराध अनुसन्धानदेखि विस्फोटक पदार्थ र लागूऔषध पहिचानसम्म तथा विपद्मा पुरिएका मानिसको खोजी–उद्धारसम्म कुकुर मानिसको भरोसायोग्य सहयात्री बनेको छ।

हिन्दू धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत का रूपमा सम्मान गरिन्छ। महाभारतमा धर्मराज युधिष्ठिरसँग स्वर्गतर्फको यात्रामा कुकुरले साथ दिएको प्रसङ्ग पनि कुकुर र मानिसबीचको विश्वास तथा निष्ठासँग जोडेर हेरिन्छ। कुकुरलाई भगवान् भैरवसँग पनि सम्बन्धित मान्ने परम्परा छ। यही धार्मिक र सांस्कृतिक विश्वासका कारण तिहारमा कुकुरलाई विशेष सम्मान गरिन्छ।

तर कुकुर मानिसको प्रिय बन्नुको प्रमुख कारण केवल धार्मिक विश्वास होइन। निष्ठा, सतर्कता, सुरक्षा गर्ने स्वभाव र मानिससँग घनिष्ठ सम्बन्ध स्थापित गर्ने क्षमताले कुकुरलाई हजारौँ वर्षदेखि मानिसको सबैभन्दा नजिकको पशु बनाएको छ। ग्रामीण जीवनमा कुकुर लामो समयदेखि किसानको साथी रहँदै आएको छ। खेतबारी र गोठको रेखदेख गर्ने, जङ्गली जनावर वा अन्य जोखिमको संकेत दिने तथा घरपरिवारको सुरक्षामा सतर्क रहने भूमिकामा कुकुर उपयोगी मानिन्छ।