भीमफेदी दुर्घटना : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न रविको माग
Read the full story at Onlinekhabar (Nepali)

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताए ।
उनले लेखेका छन्, ‘छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ। ’ उनले अगाडि लेखेका छन्, ‘यस दुःखद घडीमा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
साथै, दुर्घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु। ’ सभापति लामिछानेले दुर्घटनामा परी घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग समेत गरेका छन् ।
More health
- Israeli strike on Gaza hospital kills six Palestinians, health ministry saysBBC
- Meet 'Popeye': Pablo Escobar's hitman who claimed involvement in 3,000 killings before becoming a YouTuberTimes of India
- Prisoner who escaped from Birgunj jail arrested in IndiaOnlinekhabar English
- मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्रOnlinekhabar (Nepali)
- Strike on Gaza Hospital Kills at Least 6 and Injures 20, Rescuers SayThe New York Times
- Who is Nvidia CEO Jensen Huang?France 24