प्रमुख प्रशासकीय अधिकृत नहुँदा खडक नगरपालिकाको काम प्रभावित
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, सप्तरी । सप्तरीको खडक नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षका विकास निर्माणका कामदेखि सामाजिक सुरक्षा भत्ता वितरणसम्म प्रभावित भएको छ । गत असोज ५ गते भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजय बर्तौलालाई खडक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्ने गरी सरुवा गरेको थियो ।
तर, आफ्नो कार्यअवधि पूरा नभई प्रचलित कानुनी व्यवस्थाविपरीत सरुवा गरिएको दाबी गर्दै बर्तौला सरुवा बदरको मागसहित असोज १४ गते न्यायिक उपचारका लागि प्रशासकीय अदालत पुगेका थिए । उनको निवेदनमाथि सुनुवाइ गर्दै अदालतका अध्यक्ष डा. टेकबहादुर घिमिरे र सदस्य नवलकिशोर यादवको इजलासले असोज १५ गते अन्तरकालीन आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षबीच छलफल नभएसम्म मन्त्रालयको असोज ५ गतेको सरुवा निर्णय र त्यसअनुसार जारी गरिएको पत्र कार्यान्वयन नगर्न तथा यथास्थितिमा राख्न आदेश दिएको थियो ।
साथै बर्तौलालाई रमाना नदिनसमेत आदेशमा उल्लेख थियो । शुक्रबार उनको निवेदनमाथि सुनुवाइ गर्दै प्रशासकीय अदालतका सदस्य नवलकिशोर यादवको इजलासले यसअघिको आदेशलाई निरन्तरता दिएको छ । यससँगै खडक नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत कहिले आउने भन्ने अन्योल थपिएको छ ।
More politics
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post