छठ पर्वले सद्भाव र सामाजिक एकता बलियो बनाओस् : गगन थापा
Read the full story at Onlinekhabar (Nepali)

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
छठ पर्व सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक भएको उल्लेख गर्दै उनले यस पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको बताएका छन् । थापाले ऋग्वेदमा उषा देवीको स्तुति गरिएको स्मरण गर्दै प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव छठ पर्वमा समेत प्रतिबिम्बित हुने बताएका छन्।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उनको भनाइ छ। उनले छठ पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस् भन्दै छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्ने कामना गरेका छन्।
More society
- Nākaloka makes Kathmandu debut with an evening of music, devotion and silenceKathmandu Post
- पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहलNepal Khabar
- आज छठ पर्वको मुख्य दिन, यसो भन्छ सूर्य पुराणNepal Khabar
- लोकपर्व छठ र यसका विभिन्न महत्वहरुDC Nepal
- Swiss men take to streets, call for stronger fight against violence against womenTimes of India
- साहित्यकार हरि कट्टेल ‘मुक्तिनाथ साहित्य सम्मान’ बाट सम्मानितNagarik News