एनपीएल डेब्युमै चम्किएका मिलर, टिम हारे पनि ‘प्लेयर अफ द म्याच’
Read the full story at Onlinekhabar (Nepali)

कर्णाली पराजित भएपनि टीयू मैदानमा मिलरले शानदार प्रदर्शन गरे । चौथो नम्बरमा ब्याटिङमा आएका उनले करिब आधा इनिङ्स आफैँ ब्याटिङ गरे । चौका छक्काको वर्षा गरे । २१ कात्तिक, काठमाडौं । आन्द्रे रसेल, डेभिड वार्नर, शाकिब अल हसन जस्ता विश्व चर्चित स्टार खेलाडीहरूको खेलपछि टीयू मैदानमा शुक्रबार दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलरले डेब्यू गरे ।
विशेषगरी टी-२० क्रिकेटकै लागि सुहाउँदो ब्याटर डेभिड मिलरलाई प्रत्यक्ष खेलेको हेर्न नेपाली दर्थक र समर्थकहरू प्रतिक्षामा थिए । यसअघि नै रसेलले टीयू मैदानमा आफ्नो जादु देखाइउँदै विराटनगर किंग्सलाई २ खेल जिताइसकेका थिए भने वार्नरले पनि आफ्नो अनुभवले काठमान्डु गोर्खाजका लागि खेल जिताउन मदत गरे । अब ब्याटिङ हेर्ने पालो उनै मिलरको थियो । विश्व क्रिकेटमै आक्रामक ब्याटरको रुपमा परिचित दक्षिण अफ्रिकी डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को डेब्यूमै शानदार प्रदर्शन गरे । कर्णाली याक्सबाट खेल्दै जारी तेस्रो सिजनमा एनपीएलमा डेब्यू गरेका ३७ वर्षीय मिलरले आफ्नो नाम अनुसार काम गरे ।
तर नतिजा भने उनको टिम कर्णालीको पक्षमा रहेन । मिलरले पहिलो खेलमै आक्रामक ब्याटिङ गर्दै अविजित ९३ रन बनाए । पश्चिमी डर्बीमा कर्णाली सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भयो । कर्णाली पराजित भएपनि टीयू मैदानमा मिलरले जादुयी प्रदर्शन गरे ।
More politics
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post