रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा–११ स्थित रोहिणीघाटमा नदी कटानका कारण शवदाहस्थल र नजिकै रहेको रोहिणी पुल उच्च जोखिममा परेका छन् । हरेक वर्ष वर्षायाममा आउने बाढीले नदी किनारको जमिन कटान गर्दै लगेपछि दशकौंदेखि दाहसंस्कार हुँदै आएको शवदाहस्थल र पुल दुवै भत्किने जोखिम बढेको हो । सुखौरा खोला र रोहिणी नदीको संगमस्थलमा रहेको शवदाहस्थल धार्मिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
कालिका सामुदायिक वनको पूर्वी क्षेत्रमा रहेको उक्त शवदाहस्थलमा लामो समयदेखि स्थानीयले दाहसंस्कार गर्दै आएका छन् । त्यस्तै, तिलोत्तमा-११ र देवदह नगरपालिका-३ लाई जोड्ने रोहिणी पुल बुद्ध परिपथअन्तर्गतको महत्वपूर्ण पूर्वाधार हो । यसले मणिग्राम, शिवपुर, देवदह हुँदै नवलपरासीसम्मको आवागमनलाई जोड्दै आएको छ । धार्मिक तथा सामाजिक महत्व बोकेको शवदाहस्थल र बुद्ध परिपथको महत्वपूर्ण सम्पर्क पुल नै जोखिममा परेपछि स्थानीयले तत्काल संरक्षणको काम अघि बढाउन माग गरेका छन् ।
नदी कटान नियन्त्रणका लागि पक्की तटबन्ध निर्माण गर्नुपर्ने भए पनि पर्याप्त बजेट अभावमा काम अघि बढ्न नसकेको जनप्रतिनिधिको भनाइ छ । दुवै संरचना जोगाउन कम्तीमा ५ करोड रुपैयाँ आवश्यक पर्ने उनीहरूले बताएका छन् ।
More politics
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Lukla sees a rush of tourists as trekking season picks upKathmandu Post