बलिङमा चम्किएका नेपाली, ब्याटिङमा विदेशी हावी
Read the full story at Onlinekhabar (Nepali)

२२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अहिलेसम्म भएका १८ खेलहरूको प्रदर्शन हेर्दा ब्याटिङमा विदेशी खेलाडीको प्रभाव देखिएको छ भने बलिङमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। सर्वाधिक रन बनाउने शीर्ष १० खेलाडीमा दुई नेपाली मात्र छन्। विराटनगर किङ्सका लोकेश बम १९४ रनसहित शीर्ष स्थानमा छन्। विराटनगरकै इमरान शेख १०० रनसहित दशौं स्थानमा छन्। बाँकी आठ स्थानमा विदेशी खेलाडी छन्।
लोकेशले पाँच खेलमा दुई अर्धशतकसहित १९४ रन बनाएका छन्। उनले १५३.९६ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन्। दोस्रो स्थानमा रहेका विराटनगरकै आन्द्रे रसेलले पाँच खेलमा १४४ रन बनाएका छन्। उनको स्ट्राइक रेट १८९.४७ छ। जनकपुर बोल्ट्सका सेफ हसन १४० रनसहित तेस्रो स्थानमा छन्। काठमान्डु गोर्खाजका डेभिड वार्नरले तीन खेलमा १२६ रन बनाएका छन्।
उनको औसत ६३ र स्ट्राइक रेट १५० छ। कर्णाली याक्सका अरिफुल इस्लामले चार खेलमा ११९ रन बनाउँदा चितवन राइनोजका रवि बोपारा र डाविड मलानले क्रमशः ११६ र ११४ रन बनाएका छन्। विदेशी ब्याटरको प्रभाव देखाउने अर्को उदाहरण डेभिड मिलर हुन्। कर्णाली याक्सबाट एक खेल मात्र खेलेका मिलरले अविजित ९३ रन बनाएका छन्। उनले ५५ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए। ब्याटिङमा विदेशी खेलाडीको बाहुल्य देखिए पनि बलिङमा नेपाली खेलाडीले राम्रो प्रभाव छाडेका छन्।
More world
- Europe to press US on Ukraine peace and Iran at Paris G7 ministers talksFrance 24
- Low pay, fatigue and staff shortages put Hong Kong’s aviation hub status at risk: unionsSouth China Morning Post
- China’s comfortable brain-reading device achieves 94% mind-typing accuracy in day-long useSouth China Morning Post
- Top House Democrat 'a hard yes' on impeaching Pete HegsethBBC
- Society needs to act to help white working-class pupils, inquiry saysBBC
- Major fire breaks out in Mumbai's Dongri, dousing ops on; one dead in November 7 highrise blazeThe Hindu