आठ वर्षमा दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
Read the full story at Bizmandu
काठमाडौं। नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडीपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण संकलन गरेको छ। सन् २०१८ मा सुरु भएको परियोजनाले विभिन्न जात्रा, पर्व र अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी वृत्तचित्र तथा अभिलेख पनि तयार पारेको हो।
संकलित विवरण पुरातत्व विभागको राष्ट्रिय सम्पदा सूची र परियोजनाको ‘डिजिटल डेटाबेस’मा समावेश गरिएको छ। परियोजना जर्मनीको हाइडेलबर्ग विश्वविद्यालय अन्तर्गतको हाइडेलबर्ग सेन्टर फर ट्रान्सकल्चरल स्टडिज र हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एण्ड ह्युम्यानिटिज तथा नेपालका सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन्स एन्ड कल्चर र पुरातत्व विभागको सहकार्यमा सञ्चालन भएको हो। परियोजनाका लागि बेलायतको आर्केडिया फण्डले मुख्य आर्थिक सहयोग उपलब्ध गराएको थियो।
यसमा हाइडेलबर्ग विश्वविद्यालय पुस्तकालय, काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी), युनेस्को नेपाल, काठमाडौं विश्वविद्यालयको सेन्टर फर आर्ट एन्ड डिजाइन तथा हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्युटको काठमाडौं कार्यालयले पनि सहकार्य गरेका थिए। प्रारम्भिक चरणमा जर्मनीको आइथ्री माइन्जसमेत संलग्न थियो।
More business
- ‘आ बाट आमा-२’ को कमाइ पौने सात करोड, अन्य दुई फिल्मको कति?Nepal Khabar
- पोखराको पहिलो जित, कर्णालीको ‘प्लेअफ’ यात्रा कठिनNepal Khabar
- कर्णालीमा एकचौथाइले घटे पर्यटक, खस्कियो औद्योगिक उत्पादनNepal Khabar
- आर्थिक विकासका लागि नेपालसँग अब मात्रै २ दशक समय छNepal Khabar
- Schedule for remittance of SSC exam fee announced in Andhra PradeshThe Hindu
- Nepal Airlines’ Rs 34 billion loan for four aircraft rises to Rs 55.92 billionOnlinekhabar English