अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा
Read the full story at Nagarik News

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताएका छन्। कांग्रेसको देउवा समूहको ललितपुरको १५औं नियमित जिल्ला अधिवेशनको आज महालक्ष्मीस्थानमा उद्घाटन गर्दै उनले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको बताए।
पार्टीभित्रका विवाद र विशेष महाधिवेशनसम्बन्धी विषय विधि, विधान र न्यायिक प्रक्रियाबाट समाधान गर्नुपर्ने देउवाको भनाइ थियो। कांग्रेस जनताको त्याग र बलिदानबाट स्थापित पार्टी भएकाले कसैले आफ्नो स्वार्थअनुसार नियन्त्रण गर्न नसक्ने उल्लेख गर्दै उनले पार्टीको इतिहास र विरासतको सम्मान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा कांग्रेस नेता मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, बागमती प्रदेशका पूर्वमन्त्री उर्मिला केसी नेपाल र निवर्तमान क्षेत्रीय सभापति महेश्वर थापाले पार्टीको आन्तरिक एकता, नियमित महाधिवेशन र सक्षम नेतृत्व चयनमा जोड दिए।
In English
No expectation of a position now, no one can control Congress according to their self-interest: Deuba
Former Prime Minister and former President of the Nepali Congress, Sher Bahadur Deuba, has stated that he no longer has any expectation of a position and will continue to contribute to the party and the country. While inaugurating the 15th regular district convention of the Deuba faction of the Congress in Lalitpur at Mahalaxmisthan today, he said that responsibility toward the country, the people, and the party is greater than personal position and prestige. Deuba's view was that disputes within the party and issues related to a special general convention should be resolved through rules, statutes, and judicial processes. Stating that the Congress is a party established through the sacrifice and martyrdom of the people and that no one can control it according to their own self-interest, he emphasized the need to move forward in a unified manner while respecting the party's history and legacy.
Machine translation — the original above is the story as filed.
More sports
- दलाई लामाको निर्वासित संसद् टोली नेपाल आउँदै, बौद्धमा देखियो विवादNepal Khabar
- U19 Asia Cup final: India overcome Pakistan by one wicket in thrillerThe Hindu
- Spain vs England: UEFA Nations League – predictions, how to watch, teamsAl Jazeera
- Pochettino bids emotional farewell to US football ahead of Man Utd moveAl Jazeera
- Warner accuses Cricket Australia of ‘cover-up’ in ball-tampering scandalAl Jazeera
- Pacers hold off Knicks in NBA Cup thriller, Spurs rout WarriorsAl Jazeera