भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश
Read the full story at Nagarik News

भारतमा विपक्षी दल कांग्रेस र तेलंगाना सरकारले संयुक्त रूपमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउने ११५ जना विदेशी वक्तालाई प्रवेश अनुमति नदिइएको वा उनीहरूको भिसा रद्द गरिएको दाबी गरिएको छ। प्रवेश रोकिएकामध्ये प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताबारे प्रश्न गर्ने नर्वेली पत्रकार हेले लिङ स्वेन्डसेन पनि छिन्। कांग्रेसका सांसद तथा पूर्वविदेशमन्त्री शशि थरुरले शुक्रबार यसबारे जानकारी दिएका हुन्। उनका अनुसार भारतको विदेश मन्त्रालयले सम्मेलनमा सहभागी हुन ३१५ जना विदेशी वक्तालाई अनुमति दिएको थियो।
तर तीमध्ये ११५ जनालाई पछि भारत प्रवेश गर्न रोक लगाइयो वा उनीहरूको भिसा रद्द गरियो। यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन। ’ उनले थप लेखेका छन्, ‘आलोचनात्मक आवाज दबाउनुपर्ने अवस्थामा पुगेको एउटा गर्विलो लोकतन्त्रका लागि यो निकै लज्जास्पद कुरा हो।
’ भारत प्रवेश गर्न नपाएकी नर्वेली पत्रकार स्वेन्डसेनले पनि आफ्नो भिसा अन्तिम समयमा रद्द गरिएको बताएकी छन्। उनलाई सम्मेलनमा सञ्चारमाध्यमको भविष्य र प्रेस स्वतन्त्रताबारे बोल्न आमन्त्रण गरिएको थियो। उनका अनुसार भारतको भिसा र राजनीतिक अनुमति प्राप्त भइसकेको थियो।
More world
- Air show of aircraft models held at Sahyadri Engineering CollegeThe Hindu
- Survey begins to map butterfly diversity in Keralam’s Silent ValleyThe Hindu
- Nagula Chavithi celebrated with religious fervour across VisakhapatnamThe Hindu
- Sonia Gandhi recalls how ‘Indira amma’ connected Telugu people to her, Hyderabad-Vijayawada journey in 2004The Hindu
- Cab driver arrested for peddling ganja in Bahadurpally, 24 consumers identifiedThe Hindu
- TNAU announces pre-harvest price forecast for bhendi, tomato and brinjalThe Hindu