Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार जाँदै भारतका विदेश सचिव मिस्री

Read the full story at Nepal Khabar

प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार जाँदै भारतका विदेश सचिव मिस्री

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो १२ बजे हुने भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालको दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडाैँ आइपगेका विदेश सचिव मिस्रीले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राइसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा. स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए।