Skip to main content
वातावरणHimal Khabar

त्रिशूलीको बगरमा समुदाय र संस्कृति खोज्दैछन् बाढीपीडित

Read the full story at Himal Khabar

त्रिशूलीको बगरमा समुदाय र संस्कृति खोज्दैछन् बाढीपीडित

रसुवा बाढीले वेत्रावती, त्रिशूली बजार, ढुंगे बजार र देवीघाटको बस्ती बगायो। बगाएका सम्पदासँगै त्यस क्षेत्रको अमूर्त संस्कृति पनि बिथलियो। दीर्घकालीन बसोबासका निम्ति राज्यको सम्बोधन मागिरहेका बाढीप्रभावित स्थानीयले आफ्नो समाज, समुदाय र एकआपसमा जोड्ने संस्कृति पनि पुनःस्थापित हुँदै जाऊन् भन्ने चाहेका छन्। त्रिशूलीवारि ढुंगेबजारवासी राम श्रेष्ठ बेलाबखत आफ्नो भग्नावशेष घर हेर्न जान्छन्। साढे पाँचतले घरको दोस्रो तलासम्म शक्तिशाली बाढीले भ्वाङ पारिदिएको छ।

ती तलाहरू माटो र गेग्रानले भरिएका छन्, निकाल्न बाँकी नै छ। त्यसभन्दा माथिको तला (भान्सा) र कौसी ठीकै छ। बाढीबाट विस्थापित भएपछि परिवारसहित विदुरस्थित भाडाको कोठामा बसिरहेका उनी बाढी पसेको घर सफा गर्न पाए फर्कन चाहन्छन्। भग्नावशेष बनेको घरको छेउबाट त्रिशूली पारिको उजाड बस्ती देखिन्छ। २०८३ भदौ १० गते आएको रसुवा बाढीको कहरबाट त्रिशूली पारिको केही भागका भवन संरचना बचेका छन्।

सोही बस्तीलाई आधार मानेर राम आँखाले भ्याएसम्म कहाँकहाँ के थिए भनी ठम्याउन खोज्छन्। बगरको एक भागमा त्रिशूली माध्यमिक विद्यालयको चारपाटे संरचनाको अवशेष जमीनमुनि देखिन्छ। “राम मन्दिर, त्रिशूली मावि, भीमसेन मन्दिर, महादेव मन्दिर र तीन वटा मस्जिद थिए।