दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
Read the full story at Setopati

नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ। सन् २०१८ मा सुरू भएको परियोजनाले विभिन्न जात्रा, पर्व र अमूर्त सांस्कृतिक सम्पदा सम्बन्धी वृत्तचित्र तथा अभिलेख पनि तयार पारेको हो। सङ्कलित विवरण पुरातत्व विभागको राष्ट्रिय सम्पदा सूची र परियोजनाको ‘डिजिटल डेटाबेस’ मा समावेश गरिएको छ।
परियोजना जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गतको हाइडेलबर्ग सेन्टर फर ट्रान्सकल्चरल स्टडिज र हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एण्ड ह्युम्यानिटिज तथा नेपालका सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन्स एन्ड कल्चर र पुरातत्व विभागको सहकार्यमा सञ्चालन भएको हो। परियोजनाका लागि बेलायतको आर्केडिया फण्डले मुख्य आर्थिक सहयोग उपलब्ध गराएको थियो। यसमा हाइडेलबर्ग विश्वविद्यालय पुस्तकालय, काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी), युनेस्को नेपाल, काठमाडौँ विश्वविद्यालयको सेन्टर फर आर्ट एन्ड डिजाइन तथा हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्युटको काठमाडौँ कार्यालयले पनि सहकार्य गरेका थिए।
प्रारम्भिक चरणमा जर्मनीको आइथ्री माइन्जसमेत संलग्न थियो। परियोजना सम्पन्न भएसँगै डिजिटल डेटाबेसको सञ्चालन, रेखदेख र व्यवस्थापन नेपाल आर्किटेक्चर आर्काइभमार्फत सराफ फाउन्डेसनले गर्नेछ।
More business
- ‘आ बाट आमा-२’ को कमाइ पौने सात करोड, अन्य दुई फिल्मको कति?Nepal Khabar
- पोखराको पहिलो जित, कर्णालीको ‘प्लेअफ’ यात्रा कठिनNepal Khabar
- कर्णालीमा एक चौथाईले घटे पर्यटक, खस्कियो औद्योगिक उत्पादनNepal Khabar
- आर्थिक विकासका लागि नेपालसँग अब मात्रै २ दशक समय छNepal Khabar
- Texas appeals court denies bank recovery on $29m Ponzi-linked loan guaranteeTimes of India
- More than half of budget spending goes to public services, social protectionOnlinekhabar English