Skip to main content
विश्वHimal Khabar

पहिलो विश्वयुद्धको गोर्खाली कथा सुनाइहेको छ, छत्री मेमोरियल

Read the full story at Himal Khabar

पहिलो विश्वयुद्धको गोर्खाली कथा सुनाइहेको छ, छत्री मेमोरियल

मञ्जितकी श्रीमती– लोग्नेको तस्वीर सुम्सुम्याउँदै कति रात छटपटिँदै बिताएकी थिइन् होला! तुल्सीरामकी प्रेमिका– कोसेलीस्वरूप पाएकी सुर्केथैली मुसार्दै कति सपनाहरूमा भुलेकी थिइन् होला! दुर्गासिंहको सानो छोरोले– “खोइ बाबा?” भनेर आमालाई कति पटक सोध्यो होला! जसधोजकी बहिनीले– “भाइटीकामा सयपत्रीको माला उनेर कति लामो प्रतीक्षा गरेकी थिइन् होला!” गुगल म्यापको सहारा लिंदै म बिहानै घरबाट बताससरि बत्तिंदै निस्केको हुँ। डेढ घण्टाको यात्रापश्चात् एउटा कन्ट्री लेनतिर मोडिन्छु।

अलि पर पुगेपछि, ‘यु ह्याभ अराइभ्ड योर डेस्टिनेसन’ भनेर एउटा मधुर स्त्री स्वर गुञ्जिनु र त्यस ग्रामीण साँघुरो सडक टुंगिनु एकैसाथ हुन्छ। पेचाम आइपुगेछु भन्ने लाग्यो। कार रोकेर म बिस्तारै बाहिर निस्कन्छु। आँखामा टक्क अडिन्छ पारि डाँडामा छाताजस्तै कमेरो रंगको एउटा संरचना। मेरो प्रथम गन्तव्य ‘छत्री युद्ध स्मारक’ त्यही हुनुपर्छ भन्ने अनुमान लगाउँछु।

मनमनै, ‘मलाई यहीं कुरिबस है’ भन्दै रिमोट थिच्छु। ढोकाहरू फ्याट्ट बन्द हुन्छन् र कारले च्याँक्क... आवाज गर्दै मानौं मेरो आज्ञा स्वीकारेको संकेत दिन्छ। मेरा पाइतला छत्रीतिर तेर्सिएको एउटा साँघुरो गोरेटो समातेर अघि बढ्छन्, कल्पिंदै– मेरा पुर्खाले उहिल्यै यही बाटो हुँदै आफ्ना सहयोद्धाको शव बोकेर ल्याएका हुँदा हुन्।