सभामुख अर्याललाई नवौं मध्यपूर्व क्षेत्रीय सम्मेलनमा एनआरएनएको निम्तो
Read the full story at Setopati

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्व अध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग भेटवार्ता गरी कतारको दोहामा डिसेम्बर ११ र १२, २०२६ मा आयोजना हुने 'नवौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६' मा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा दिएको छ। भेटमा डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा.
बद्री केसी, आरके शर्मा, विनोद कुँवर, रामप्रताप थापा, रोजिना प्रधान राई र राजेन्द्र कुमार राउत सहभागी थिए। छलफलमा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, गैरआवासीय नेपाली ऐन, नेपालको आर्थिक विकासमा योगदान, विप्रेषण र श्रमिकका हकहितबारे कुराकानी भएको थियो। प्रतिनिधिमण्डलले ऐनलाई सदनबाट पारित गर्न सहजीकरणको आग्रह गरेको छ।
सभामुख अर्यालले निमन्त्रणाका लागि धन्यवाद दिँदै आफ्नो कार्यव्यस्तता हेरेर सहभागिताबारे निर्णय गर्ने बताएका छन् र गैरआवासीय नेपालीका सरोकारका विषयलाई आफूले सधैँ महत्व दिने प्रतिबद्धता जनाएका छन्।
More politics
- And then there were four: Lumbini lead NPL playoff packKathmandu Post
- Balendra Shah administration goes fast with ordinances: 13 issued, 2 forwarded in 8 monthsKathmandu Post
- Jayanti Memorial Trust marks 25 years of expanding access to heart careKathmandu Post
- How Ishuta Shrestha found her calling in the fierce imagery of PaubhaKathmandu Post
- Bahrain issues first threat alerts since September as Iran says it attacked US baseKathmandu Post
- US air travel disruptions to persist until late on Sunday, FAA head saysKathmandu Post