नेतान्याहुसँगको फोन वार्ता गर्दै गाजा शान्ति योजना कार्यान्वयन गर्न ट्रम्पको आग्रह, यस्ता छन् सर्तहरू
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्दै आफ्नो ‘गाजा शान्ति योजना’ कार्यान्वयनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्। अक्टोबर २७ मा सम्पन्न इजरायली निर्वाचनका कारण महिनौँदेखि रोकिएको उक्त २० बुँदे शान्ति खाकालाई अगाडि बढाउन ट्रम्पले दबाब दिएका हुन्।
ह्वाइट हाउसका अनुसार, इजरायलमा नेतान्याहु वा उनका प्रतिद्वन्द्वी गादी आइजेनकोटमध्ये जसको नेतृत्वमा नयाँ सरकार बने पनि ट्रम्प प्रशासन गाजा योजनालाई लागू गराउन प्रतिबद्ध छ। एक वर्षअघि इजरायल र हमासबिच ट्रम्पको २० बुँदे योजनाको पहिलो चरणमा सहमति भएसँगै गाजामा युद्धविराम हुनुका साथै जीवित रहेका अन्तिम २० जना बन्धकहरू रिहा भएका थिए। त्यसयता स्थापित अमेरिकी ‘बोर्ड अफ पिस’ ले गाजाको भावी पुनर्निर्माण र व्यवस्थापनका लागि काम गरिरहेको छ ।
गाजाको नागरिक तथा सुरक्षा नियन्त्रण एक नयाँ गैर-राजनीतिक प्यालेस्टिनी टेक्नोक्रेटिक सरकार र अन्तर्राष्ट्रिय स्थिरता बल (इन्टरनेसनल स्टेबलाइजेसन फोर्स) लाई हस्तान्तरण गरिनेछ। गत जुलाईमा बोर्ड अफ पिसले हमासासँग १५ बुँदे सहमति गर्दै हमास लगायतका सशस्त्र समूहहरूलाई निश्स्त्रीकरण गर्न र हातहतियार बिसाउन राजी गराएको थियो।
More world
- The two Nepali border villages that empty for six months every yearKathmandu Post
- Willem Einthoven’s Nobel-winning discovery that laid the foundations of the modern ECGThe Hindu
- Targeted by U.S., Armed Group Strikes Back in ColombiaThe New York Times
- Fire at building in Madhya Pradesh’s Katni on Deepavali night; six of family killedThe Hindu
- Ohio man keeps premarital home after divorce; wife ordered to pay $20,000 in legal feesTimes of India
- Katy Perry and Russell Brand’s former estate rents for $275,000 monthlyTimes of India