Skip to main content
राजनीतिNepal Khabar

शुक्रबार तोलामा ५९ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो

Read the full story at Nepal Khabar

शुक्रबार तोलामा ५९ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो

यही कात्तिक ८ गते भने सुनको भाउ तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको थियो। सुनचाँदीको भाउमा विगत केही समययता निरन्तर उतारचढाव हुँदै आएको छ। त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ।

चाँदीको भाउ आज तोलामा ४५ रुपैयाँ बढेर ३ हजार ८ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।