Skip to main content
समाजOnlinekhabar (Nepali)

नयनतारापछि रजनीकान्तको फिल्म ‘धर्मन’ मा श्रीलीलाको प्रवेश

Read the full story at Onlinekhabar (Nepali)

नयनतारापछि रजनीकान्तको फिल्म ‘धर्मन’ मा श्रीलीलाको प्रवेश

अभिनेता रजनीकान्त आफ्नो आगामी फिल्म ‘धर्मन’ का कारण चर्चामा छन् । केही दिनअघि अभिनेत्री नयनतारा पनि फिल्ममा जोडिएको खबर सार्वजनिक भएको थियो । अब अभिनेत्री श्रीलीला पनि फिल्मको कलाकार टोलीमा समावेश भएकी छिन् । उनले पहिलोपटक सुपरस्टार रजनीकान्तसँग पर्दा सेयर गर्नेछिन् । श्रीलीलाको हातमा अर्को ठूलो तमिल फिल्म परेको छ । उनी चाँडै रजनीकान्तको फिल्म ‘धर्मन’ मा देखिनेछिन् ।

फिल्मको निर्देशन अश्वथ मरिमुथुले गर्दैछन् । उनी ‘ओह माई कडवुले’ र ‘ड्रागन’ जस्ता फिल्मका लागि परिचित छन् । बुधबार, नोभेम्बर ४ मा कमल हासनको निर्माण संस्था राज कमल फिल्म्स इन्टरनेसनलले श्रीलीला फिल्ममा जोडिएको घोषणा गरेको हो । यससँगै उनले पहिलोपटक रजनीकान्तसँग पर्दा सेयर गर्ने भएकी छिन्। निर्माण संस्थाले श्रीलीलालाई स्वागत गर्दै एउटा भिडियो सार्वजनिक गरेको छ । भिडियोसँगै लेखिएको छ, ‘उनीमा चमक छ, उनीमा पटाकाजस्तो चमक छ ।

‘धर्मन’ मा सुन्दरी श्रीलीलालाई स्वागत छ । ’ फिल्ममा रजनीकान्त र श्रीलीलाका अलावा सिमरन, नयनतारा, योगी बाबु र राशि खन्नाको पनि महत्त्वपूर्ण भूमिका रहनेछ । ‘धर्मन’ अश्वथ मरिमुथुले रजनीकान्तलाई निर्देशन गर्न लागेको पहिलो फिल्म हो। फिल्मको पहिलो पोस्टरअनुसार रजनीकान्त डाक्टरको भूमिकामा देखिनेछन् । निर्माण पक्षले उनको पात्रलाई ‘केट्टा पायन’ अर्थात् खराब केटोको संज्ञा दिएको छ ।