'चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ'
Read the full story at Thaha Khabar

काठमाडौँ : प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताएका छन्।
विशेषगरी चाडपर्वहरूको समयमा पटकालगायत विष्फोटक पदार्थको कारोबार नियन्त्रण गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा उनले जोड दिए। प्रहरी महानिरीक्षक केसीले आआफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवं सरोकार भएका सबै पक्षसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने बताए।
प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले आआफ्नो जिम्मेवार क्षेत्रको अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटिलाई समयमै सुधार गर्नुपर्नेमा उनले जोड दिए।
More society
- पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेशNepal Khabar
- कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्तावNepal Khabar
- विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्रNepal Khabar
- तिहारमा परदेशीको पीडा र परिवारको सम्झना समेट्दै जितेन्द्रको देउसी भैलोNepal Khabar
- Huntingdon train attack victim thought 'this is what it feels like to die', court toldBBC
- Armed men kill at least 33 in village in Ebola-hit eastern DRCAl Jazeera