Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल

Read the full story at Onlinekhabar (Nepali)

सञ्जाल र क्याफेमा उम्मेदवारको घुइँचो, एजेन्डा गयल

उम्मेदवारको बाढी हेर्दा कोही पनि विगतमा जसरी दलको निर्णय कुर्ने पक्षमा देखिँदैनन् । बरु अहिलेदेखि नै आफ्नो डिजिटल र फिजिकल सक्रियताले नागरिक र दलका कमिटीलाई प्रभावमा पारेर टिकट हत्याउने माहोल सिर्जना गर्न तल्लीन छन् । यो क्रम नयाँमा त व्यापक छ नै, कांग्रेस, एमालेजस्ता दलमा पनि यो प्रवृत्ति झ्याँगिएको देखिन्छ । केही दिनपहिले पूर्वी नेपालका विभिन्न शहरी तथा ग्रामीण क्षेत्र घुमडुल गर्दा थाहा भयो– हरेक ठाउँका नागरिकलाई स्थानीय चुनाव लागिसकेको छ । पालिकैपिच्छे कम्तीमा १५–२० जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि तयार भइसकेका छन् ।

यो क्रम थपिँदो छ । उम्मेदवार घोषणाका लागि हालसम्म कुनै पार्टीले औपचारिक निर्णय गरेका छैनन् । धेरैवटा पार्टीका एजेन्डा पनि बनेका छैनन् । सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गरेर आफूलाई तौलन सम्भावित उम्मेदवारहरू तल्लीन छन् । रोचक त के छ भने सामाजिक सञ्जालको दौडमा दौडिन नसक्नेहरू पनि आफूलाई यो रेसमा सहभागी गराइरहेका छन् ।

त्यसका लागि उनीहरूले कन्टेन्ट क्रिएटर परिचालन गरेका छन् । गाउँगाउँ घुम्दा काठमाडौँका ठूला कन्टेन्ट क्रिएटर स्थानीय चुनावको स्क्रिनिङ गर्ने भन्दै वडावडातिर पनि भेटिए । यस्ता कन्टेन्ट क्रिएटरहरूमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र स्वतन्त्र छविका व्यक्तिलाई ब्रान्डिङ गर्न तल्लीन छन् ।