प्रधानमन्त्रीले लिने एक्सनमा पार्टीको समर्थन रहन्छ, सहयोग रहन्छ– रास्वपा प्रवक्ता खरेल
Read the full story at Setopati

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन शाहले सरकार सञ्चालनका क्रममा आवश्यक ठानेर चाल्ने कदममा पार्टीको समर्थन रहने बताएका छन्। चीन भ्रमणमा जानुअघि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खरेलले पार्टीले सरकारको काममा हस्तक्षेप नगर्ने बताएका हुन्। सरकारका कतिपय कदमहरूबाट पार्टी र सरकारबीच मतभेद देखिएको भन्दै पत्रकारहरूले प्रश्न गरेका थिए।
उनीहरूले गृहमन्त्री सुधन गुरूङबारेको छानबिन प्रतिवेदन, आइजिपी हटाइएको विषय र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको विषय उठाउँदै सरकार र पार्टीबीच मतभेद रहेको भन्दै प्रश्न गरेका थिए। ‘प्रधानमन्त्रीले चाल्ने कदममा पार्टीको तर्फबाट समर्थन रहन्छ, सहयोग रहन्छ। प्रधानमन्त्रीले जे-जस्तो एक्सन लिनुपर्ने आवश्यकता महसुस गर्नुहुन्छ, त्यसमा पार्टीले प्रधानमन्त्री र समग्र सरकारलाई सहयोग गर्छ,’ उनले भने।
‘पार्टी सभापति र नेतृत्व सरकार सञ्चालनमा कुनै अवरोध वा अप्ठ्यारो महसुस नहोस्, पार्टीले हस्तक्षेप गर्यो भन्ने नलागोस् भन्नेमा सचेत छ,’ उनले भने। पत्रकार सम्मेलनमै रास्वपा महामन्त्री विपिनकुमार आचार्यले पनि पार्टी र सरकारबीच मतभेद नरहेको दाबी गरे। उनले पार्टी र सरकार एउटै दिशामा रहेको बताए।
In English
Party will support and assist in actions taken by the Prime Minister – RSP spokesperson Kharel
Jagdish Kharel, spokesperson for the Rastriya Swatantra Party (RSP), stated that the party will support and assist in any steps Prime Minister Balen Shah deems necessary while running the government. Kharel clarified at a press conference held at Tribhuvan International Airport before his visit to China on Saturday that the party will not interfere in the government's work. When journalists asked about the investigation report on Home Minister Sudhan Gurung, the removal of the Inspector General of Police, and the issue of the Prime Minister's chief advisor Kumar Ben, Kharel warned that the party will support and assist in any action the government deems necessary, and that the party president and leadership will not create any obstacles in the running of the government. RSP General Secretary Bipin Kumar Acharya also stated that there is no disagreement between the party and the government, that both sides are aligned in the same direction, and that Prime Minister Balen and party president Rabi Lamichhane hold the same view regarding the visit to China.
Machine translation — the original above is the story as filed.
More politics
- And then there were four: Lumbini lead NPL playoff packKathmandu Post
- Balendra Shah administration goes fast with ordinances: 13 issued, 2 forwarded in 8 monthsKathmandu Post
- Jayanti Memorial Trust marks 25 years of expanding access to heart careKathmandu Post
- How Ishuta Shrestha found her calling in the fierce imagery of PaubhaKathmandu Post
- Bahrain issues first threat alerts since September as Iran says it attacked US baseKathmandu Post
- US air travel disruptions to persist until late on Sunday, FAA head saysKathmandu Post